सोमबार, पुष २१, २०८२

कांग्रेसले टुंग्यायो सुदूरपश्चिम सरकारमा जाने ४ मन्त्रीको नाम

मेरोन्यूज २०८१ साउन २१ गते १४:४३

कैलाली। कांग्रेसले सुदुरपश्चिम प्रदेश सरकारमा सहभागी हुनेहरूको नाम टुंगो लगाएको छ ।

कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सोमबार मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

जसअनुसार मेघराज खडकाले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउँने भएका छन् । यस्तै सरस्वती खडका सामाजिक विकास राज्यमन्त्री बन्ने भएकी छन् ।

बहादुर सिंह थापाले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाउँदा प्रकाश बहादुर बमले आर्थिक मामिला राज्य मन्त्रीको जिम्मेवारी पाउने भएका छन्।

आजै दिउँसो ३ बजे मुख्यन्त्री कमलबहादुर शाह र मन्त्रीहरुको शपथ कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया