पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ४५ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७३ देशले पदक जितेका छन् ।
जसमा चीन २१ स्वर्ण, १८ रजत र १४ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने अमेरिका २० स्वर्ण, ३० रजत र २८ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै आयोजक फ्रान्स १३ स्वर्ण, १६ रजत र १९ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया १३ स्वर्णसहित १२ रजत र ८ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।
त्यसैगरी ग्रेट ब्रिटेन १२ स्वर्ण, १३ रजत र १७ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ११ स्वर्ण, ८ रजत र ७ काश्य पदक जितेको छ भने जापानले १० स्वर्णसहित ५ रजत र ११ काश्य पदक जितेको छ ।
त्यसैगरी इटालीले ९ स्वर्ण, १० रजत र ६ काश्य पदक जितेको छ भने नेदरल्याण्डसले ७ स्वर्ण, ५ रजत र ५ काश्य पदक जितेको छ । त्यस्तै जर्मनीले ७ स्वर्ण, ५ रजत र ४ काश्य पदक जितेको छ भने क्यानडाले ५ स्वर्ण, ४ रजत र ८ काश्य पदक जितेको छ ।
त्यसैगरी न्यूजिल्याण्ड, रोमानिया, हंगेरी, स्विडेन र आयरल्याण्डले ३-३ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, युक्रेन, क्रोसिया, बेल्जियम, हङकङ, अजरबैजान, फिलिपिन्स र सर्बियाले २-२ स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी इजरायल, स्पेन, जर्जिया, स्वीजरल्याण्ड, काजकिस्तान, दक्षिण अफ्रिका, केन्या, डेनमार्क, चाइनिज ताइपेइ, उज्बेकिस्तान, चेक रिपब्लिक, ग्वाटेमाला, अर्जेन्टिना, अल्जेरिया, चिली, डोमिनिक, इक्वेडर, स्लोभेनिया, सेन्ट लुसिया, नर्वे, र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा जमैका, मेक्सिको, उत्तर कोरिया, ग्रिस, पोल्याण्ड, कोसोभो, टर्की, अर्मेनिया, कोलोम्बिया, इथोपिया, फिजी, मंगोलिया, थाइल्याण्ड, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, डोमिनिका अस्ट्रिया, काबो भेर्ड़े, क्युबा, इजिप्ट, ग्रेनाडा, इन्डोनेसिया, लुथियाना, मलेसिया, पोर्चुगल र स्लोभाकिया रहेका छन् ।













पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
तेक्वान्दो टोली चीन प्रस्थान
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
प्रतिक्रिया