बुधबार, पुष २३, २०८२

टीआरसी सम्बन्धी कार्यदलले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई प्रतिवेदन बुझाउँदै

मेरोन्यूज २०८१ साउन २३ गते ८:०४

काठमाडौं ।  संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेतालाई प्रतिवेदन बुझाउँदै छ ।

कार्यदलले एक साताअघि नै दलहरुसँगको समन्वयमा  विवादित विषयमा सहमति जुटाइसकेको छ । उक्त सहमतिको प्रतिवेदन आज प्रधानमन्त्रीलाई बुझाउन लागेको हो ।

प्रधानमन्त्री ओलीले प्रतिवेदन आज बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा बुझ्ने कार्यक्रम तय भएको छ ।

आज अन्य दलका शीर्ष नेताहरूलाई पनि प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ ।द्वन्द्वकालमा मारिएका तथा घाइते भएका सुरक्षाकर्मीको परिवारलाई पीडित सरह परिपूरण दिने सहमति भएको छ ।

यस्तै बहिगर्मित लडाकूहरुलाई द्वन्द्व प्रभावितका रुपमा परिपूरण दिने सहमति पनि भएको छ । यसै सहमतिलाई अन्तिम रुप दिएर आज बुझाउन लागिएको हो ।

प्रतिक्रिया