आइतबार, चैत ८, २०८२

सेयर बजारमा १०८ अंककाे वृद्धि, काराेबार रकम खुम्चियाे

मेरोन्यूज २०८१ साउन २३ गते १५:४७

काठमाडौं । सेयर बजारमा आज उछाल आएको छ। बुधबार नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ को विन्दुमा उक्लिएको हो।

Advertisement
nepal life insurencenepal life insurence

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन २३९ वटा कम्पनीको शेयरभाउ बढ्दा ३ वटाको घटेको छ। कारोबार भने हिजोको तुलनामा घटेर १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँबराबरको भएको छ।

बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

प्रतिक्रिया