बंगलादेशका जनतालाई नेपालले लोकतान्त्रिक प्रक्रियामा फर्किनुपर्नेमा जोड

काठमाडौँ । नेपाल सरकारले बंगलादेशका जनतालाई शान्त र संयम रहन अपिल गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै बंगलादेशका जनतालाई शान्त र संयम रहन अपिल गर्दै व्यवस्थित रुपमा लोकतान्त्रिक प्रक्रियामा फर्किनुपर्नेमा जोड दिएको छ ।
परराष्ट्रले बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको जनाउदै बंगलादेशमा विगत केही सातादेखि भएको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो रुपमा चिन्तित भएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा परराष्ट्रले भनेको छ- ‘बंगलादेशमा विगत केही सातादेखि भएको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति हामी गहिरो चिन्तित छौं । ज्यान गुमाउनेहरुका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
हामी सबैलाई शान्त र संयमताका लागि आह्वान गर्दछौं र लोकतान्त्रिक प्रक्रियामा व्यवस्थित फिर्ताको महत्त्वलाई जोड दिन्छौं । हामी विश्वस्त छौं कि, बंगलादेशका उदार जनताले संक्रमणलाई शान्ति र स्थिरतातर्फ सहज लैजान सक्षम हुनेछन् ।’













स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू)
कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया