नेप्से परिसूचक उकालो यात्रामा,२० अर्ब सात करोडको कारोबार

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ७० अङ्कले उकालो लागेर दुई हजार सात सय ६६ दशमलव ३८ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २१ अङ्कले उकालो लागेर चार सय ८३ दशमलव ६८ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर मूल्य उकालो लाग्दा सात उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ ।
नेप्सेका अनुसार, पाँच करोड नौ लाख ४६ हजार आठ सय ३२ कित्ता शेयर रु २० अर्ब सात करोड चार लाख ३४ हजार एक सय तीन मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सका अनुसार विभिन्न छ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
त्यसमा कर्णाली डेभलपमेन्ट बैंक,शिवम् सिमेन्ट,घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर,सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्ट छन् ।
यस्तै, एनआरएन इन्फास्ट्रक्चर आठ दशमलव शुन्य चार,सानिमा बैंकको ऋणपत्र सात दशमलव ६९,आरम्भ चौतारी लघुवित्त चार दशमलव ९३,रुरु जलविद्युत् परियोजना चार दशमलव ८४ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले चार दशमलव ५६ प्रतिशतले गुमाएका छन् ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया