अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम ५ सय मिलिग्राम, नगद ४० हजार रूपैयाँ र मोबाइल ३ थान सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी राजविराज नगरपालिका-९ घर भएका २४ वर्षीय पवन कुमार मेहता र उदयपुर त्रियुगा नगरपालिका-७ घर भएका २७ वर्षीय अनिल परियार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध खैरो हेरोइन ६ सय ४० मिलिग्राम र मोबाइल २ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिराहा गोलबजार नगरपालिका-६ घर भएका ३३ वर्षीय धर्मेन्द्र सिंह र सिराहा मिर्चैया नगरपालिका-५ घर भएका ३३ वर्षीय अनिल साह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी बस्ने ३१ वर्षीय नबिन श्रेष्ठ र चितवन भरतपुर नगरपालिका-१२ बस्ने २९ वर्षीय सुरज कुमाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-१२ शिमलघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ७० मिलिग्राम सहित भारत लखिमपुर खीरी सुडा बस्ने ४५ वर्षीय छोटेलाल रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडा कैलाली र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरी कैलाली, गोदावरी नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय सुरेन्द्र चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
















सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया