यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका मुद्दा स्थापित हुन सकेका छैनन् : अध्यक्ष पिङ्की

काठमाडौँ। निलहिरा समाज नेपालकी अध्यक्ष पिङ्की गुरुङले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दाहरु स्थापित हुन नसकेको धारणा व्यक्त गरेकी छन्।
निलहिरा समाजले आज आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दामा मिडिया संवेदनशीलता’ कार्यशालामा गुरुङले भनिन्, “हाम्रा मुद्दाहरु अझै पनि स्थापित हुन सकेका छैनन् र मूलधारमा आउन सकेका छैनन् । मिडियाले गर्दा नै हाम्रा माग मुद्दाहरुको उठानमा सहयोग पुगे पनि थप मुद्दाहरुको उठान होस् भन्ने हाम्रो चाहना हो ।”
उनले यी समुदायलाई सरकारले अधिकार दिन कन्जुस्याइँ गरेको हो कि भन्ने चिन्ता व्यक्त गरिन् । “जबसम्म हाम्रा समस्या नीतिगत रुपमा सम्बोधन हुँदैन तबसम्म यी कुराहरु मुलधारमा आउन सक्दैनन् । यो समुदायविरुद्ध हाल विश्वमा नै केही लिङ्गविरोधी आन्दोलन भइरहेको देखिन्छ जुन चुनौतीको विषय हो यसले गर्दा हाम्रो अभियान नै बिथोलिने खतरा छ ।” उनले लैङ्गिकताको निर्धारण जैविक विविधताले नभइ आत्मानुभूतिले हुने कुरा बुझ्नुपर्ने बताइन् । यस समुदायका बारेमा र विद्यालयस्तरदेखि नै जनचेतना फैलाउनुपर्ने उनको भनाइ छ ।
निलहिरा समाजका अनुगमन तथा मूल्याङकन अधिकृत टीकाराम भुसालले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायबारे चर्चा गरे । उनले यो समुदाय नागरिकता लिनका लागि सकसलगायत आधारभूत मानवअधिकारबाट बञ्चित रहेको बताए् । उनले भने, “वैवाहिक समानता नहुँदा यी समुदायका व्यक्तिहरु विदेश पलायन हुन बाध्य छन् । सार्वजनिक स्थानहरुमा घृणा त छँदैछ लैङ्गिकमैत्री शौचालयको अभाव छ । शैक्षिक पाठ्यक्रम तथा शैक्षिक तालिम निर्देशनमा यौन अभिमुखिकरण, लैंगिक पहिचानको विषयवस्तुको पनि अभाव छ ।”
उनले रोजगारीको हक पनि प्राप्त हुन नसकेको बताए । “सबैभन्दा ठूलो स्वीकार्यता हो जससम्म यो समुदायलाई स्वीकारिँदैन तबसम्म गाह्रो छ । यो समुदाय सकरात्मक विभेदबाट पनि बञ्चित छ । हामीलाई आरक्षणको सुविधा छैन । काम गर्ने वातावरणमा पनि उत्तिकै विभेद र लाञ्छना भोग्न बाध्य छन् ।”
राष्ट्रिय जनगणना २०७८ अनुसार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्ख्या दुई हजार नौ सय २८ छ । जुन कुल जनसङ्ख्याको शून्य दशमलव ०१ प्रतिशत हो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अभियान्ताले भने यो सङ्ख्या अझ बढी भएको दाबी गर्दै आएका छन् ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया