पेरिस ओलम्पिक : अमेरिका ३० स्वर्णसहित शीर्ष स्थानमा

बिहीबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित सबैभन्दा बढी १०३ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, नेदरल्याण्ड, इटाली र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।
दोस्रोमा चीनले २९ स्वर्ण, २५ रजत र १९ कास्यसहित कुल ७३ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १४ रजत र १३ कास्य पदकसहित कुल ४५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी, चौथो स्थानमा रहेको फ्रान्सले १४ स्वर्ण, १९ रजत र २१ कास्यसहित ५४ पदक जितेको छ भने पाँचौं स्थानमा बेलायतले १३ स्वर्ण, १७ रजत र २१ कास्यसहित कुल ५१ पदक जितेको छ ।
पदक तालिकामा छैटौँ स्थानमा रहेको दक्षिण कोरियाले १३ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २८ पदक जितेको छ भने जापान १३ स्वर्ण, सात रजत र १३ कास्यसहित ३३ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।
आठौँ स्थानमा रहेको नेदरलयान्ड्सले ११ स्वर्ण, छ रजत र आठ कास्यसहित कुल २५ पदक जितेको छ भने इटाली १० स्वर्ण, ११ रजत र नौ कास्यसहित कुल ३० पदक जित्दै नवौँ स्थानमा छ । जर्मनी नौ स्वर्ण, आठ रजत र पाँच कास्यसहित कुल २२ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा रहेको छ ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया