रौतहटको झन्डी सुरक्षार्थ, सिडियोसहित ५०० सय प्रहरी परिचालन

रौतहट । रौतहटको ईशनाथ नगरपालिका स्थित हिन्दू समुदायले मनाउने झण्डीमा सुरक्षार्थ ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ।
ईशनाथ- ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना पश्चात झण्डी निकाल्ने क्रममा हिन्दू मुस्लिम बिच साम्प्रदायिक सद्भाव न विग्रियोस् भनेर बिशेष सजगता अपनाईएको हो।
रौतहटका सिडियो हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपि दिलीप घिमिरे सशस्त्र प्रहरीका एसपि बिक्रम हुमागाईं स्वयं नेतृत्व गरेर बिशेष सुरक्षाको लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रत्येक बर्ष साउन पञ्चमी अर्थात नाग पञ्चमीको दिन ईशनाथ ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना गरी गाजाबाजा सहित त्यहाँ बाट झण्डी लिएर हजारौँको संख्यामा हिन्दु समुदायका मानिसहरू गाउँ भन्दा उत्तर तर्फको पोखरीको डिलमा जम्मा हुने गर्दछन्।
अहिले पनि उक्त मन्दिरमा पूजा अर्चना भईरहेको छ भने अपरान्ह झण्डी निकाल्ने योजना रहेको सिडियो रेग्मीले जानकारी दिएका छन्। गाउँको उत्तर तर्फ बाकलो बस्ती रहेको मुस्लिम समुदायका मानिसहरूले हिन्दूहरूले झण्डी लिएर आउने क्रममा बिभिन्न प्रकारले बाधा उत्पन्न गर्ने गर्दछन्। सोही क्रममा दुई समुदाय बिच झडपको अवस्था उत्पन हुने गर्दछ।
विगत वर्षहरूको जस्तो ईशनाथमा सम्प्रदायिक सदभाव नबिग्रोस भनेर बिहिवार जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको सिडियो रेग्मीले जानकारी दिएका छन। उल्लेखनीय छ गत फागुन महिनामा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।
ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदा प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञ बिनोद पोखरेल परिचालित भएका थिए।

















काठमाडौँको प्रदूषण घट्दै, आज प्रदूषित सहरको १८ औँ स्थानमा
PM Karki visits Muktinath, instructs dist based officials to ensure a successful election
शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री कार्की
अध्यक्ष दाहालद्वारा निर्माणाधीन सङ्घीय संसद् भवन निरीक्षण
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
प्रतिक्रिया