युक्रेनी आक्रमण रोक्न रुसको नयाँ अभियान सुरु

रूस र युक्रेनबीचको द्वन्द्वमा कियभको सबैभन्दा ठूलो आक्रमण रोक्न मस्कोले शनिबार युक्रेनसँग जोडिएका तीन सीमावर्ती क्षेत्रमा “आतङ्वाद विरोधी अभियान” सुरु गरेको छ ।
विश्लेषकले युक्रेनीहरूले मङ्गलबार रुसको पश्चिमी कुर्स्क क्षेत्रमा आक्रमण गरेको र निरन्तर अघि बढ्ने क्रममा रहेको बताएका छन् ।
रूसले यस प्रक्रियालाई रोक्नका लागि ‘ट्याङ्क रकेट लन्च’र र उड्डयन एकाईसहित अतिरिक्त सेना र उपकरणहरू सिमाक्षेत्रमा तैनाथ गरेको छ ।
रूसको आतङ्कवाद विरोधी समितिले शुक्रबार बेलगोरोड, ब्रायन्स्क र कुर्स्क क्षेत्रमा आतङ्कवाद विरोधी अपरेसन बाट नागरिकको सुरक्षा सुनिश्चित गरी युक्रेनी खतरालाई नियन्त्रण गर्ने जनाएको छ ।
अभियान सुरु गरिएका क्षेत्रमा आवगमन प्रतिबन्धित गरिएको, फोन कलहरूमा निगरानी गरिएको छ र यी क्षेत्रलाई “नो–गो जोन“ घोषणा गरी प्रमुख पूर्वाधारमा सुरक्षा कडा गरिएको छ ।
आतङ्कवाद विरोधी समितिले युक्रेनले रूसका धेरै क्षेत्रमा आक्रमण गर्ने प्रयास गरेको जनाएको छ ।
समितिले युक्रेनको आक्रमणलाई आतङ्कवादी आक्रमण घोषणा गर्दै कियभका सेनाले नागरिकमाथि आक्रमण गरेको र आवासीय भवनहरू ध्वस्त पारेको जनाएको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हप्ताको सुरुमा रुसले युक्रेनविरुद्ध गरेको आक्रमणको नतिजालाई “महसुस“ गर्नुपर्ने भन्दै आफ्ना सेनाको प्रारम्भिक सफलता दावी गरेका थिए ।
अभियानका क्रममा रूसमा आक्रमण गर्न खोज्ने २६ युक्रेनी ड्रोनलाई खसालिएको रूसले जनाएको छ ।
















प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया