जसपा नेपालको केन्द्रीय समितिको बैठक भोलिदेखि,छलफलका लागि १० वटा एजेण्डा तय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपा नेपालको नवगठित केन्द्रीय समितिको बैठक भोलिबाट सुरु हुन लागेको हो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका निजी सचिव महेश चौरसियाका अनुसार भोलिदेखि ४ दिनसम्म केन्द्रीय समिति बैठक चल्नेछ । ललितपुरको थसी बैंक्वेटमा बैठक आह्वान गरिएको छ ।
बैठकमा वर्तमान भू–राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध, वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, नेपालको सन्दर्भमा पहिचान र राष्ट्रिय जातीय मुक्तिको सवाललगायतका विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै, नेपालको सन्दर्भमा समाजवाद सम्बन्धी अवधारणा, जसपा नेपालको आदर्श, वैचारिक एवम् सैद्धान्तिक अवधारणा, संविधान संशोधनको आवश्यकता र अपरिहार्यता, स्थानीय तह, प्रदेश सभा र संसदमा पार्टीको भूमिकालगायतको विषय छलफलका लागि निर्धारण गरिएको छ ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया