काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन्। दुई दिने भ्रमणका लागि नेपाल आएका मिश्री बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।
नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासहित शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेश सचिव मिश्रीले समकक्षी सेवा लम्साल र परराष्ट्रका उच्च अधिकारीहरूसँग पनि भेट्ने कार्यक्रम छ।
विदेश सचिव मिश्रीको नेपाल भ्रमण नियमित भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। उनको भ्रमणले नेपाल-भारतबी द्विपक्षीय सहकार्य र सम्बन्धलाई अघि बढाउन मद्दत गर्ने विश्वास लिइएको छ। विदेश सचिव मिश्री सोमबार स्वदेश फर्किनेछन्। मिश्री गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका थिए।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया