सुम्निमाको ‘झरी’ मा विषाद, रोमान्स र आशा

काठमाडौंँ । गायिका एवं मोडल सुम्निमाले खुसी र उदासी दुवैखाले रङ र स्वादको सम्मिश्रण रहेको पप–रक शैलीको म्युजिक भिडिओ ‘झरी’ सार्वजनिक गरेकी छन्। क. तमोटका सुन्दर शब्दलाई भावपूर्ण सङ्गीत र अभिनयद्वारा सिँगारिएको भिडियोमा मूल रूपमा विषाद, रोमान्स र आशा जस्ता मनोदशा देखाइएको छ ।
सो साङ्गीतिक श्रव्यदृश्य सामग्रीमा एक जोडी युवकयुवती एकार्कालाई साँचो माया गर्छ । उमेर उस्तै भए पनि भावनात्मक रूपमा युवक पाको, स्थिर र गहिरो छ भने युवती अलि आलोकाँचो । केटो मायाको अर्थ आफैँलाई असल बनाउनु हो भनेर सम्झाउँछ तर त्यसलाई केटीले आत्मसात् गर्न नसक्दा ’ब्रेकअप’ हुन्छ । उनलाई पछि मात्र महसुस हुन्छ— माया कुनै परीकथा होइन, पप्पी–लभ पनि होइन बरु यसमा इमानदारी जरुरी हुन्छ ।
साउने झरीमा पाँच–छ घन्टा रुझेर भिडिओ बनाइएको सुम्निमाले बताइन् । “ घरभित्र बसी झ्यालबाहिर यसो हात निकालेर मात्र झरीको मर्म बुझाउन सकिँदैन”, उनले भनिन्, “यस म्युजिक भिडियोमा मैले वर्षामा सर्वाङ्ग भिजेर, मेकअप बिर्सेर कलात्मक प्रस्तुति दिने कोसिस गरेकी छन् ।” बर्सेको पानीमा ‘एङ्गल’ र ‘लाइट’ मिलाउन भने मुस्किल परेको उनको अनुभव छ ।
















कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ सम्म
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
प्रतिक्रिया