बिहीबार, वैशाख १८, २०८२

बैंकहरुले तिर्ने आयकर ३० अर्ब पुग्यो

मेरोन्यूज २०८१ साउन २७ गते १६:१०

काठमाडौं । गत आर्थिक बर्ष २०८०–८१ मा बाणिज्य बैंकहरुले सरकारलाई २९ अर्ब ९८ करोड ८९ लाख रुपियाँ आयकर तिर्ने भएका छन् । बाणिज्य बैंकहरुले सार्वजनिक गरेको गत आवको वित्तीय विवरणले उनीहरुले तिर्ने आयकर झण्डै ३० अर्ब पुगेको देखाएको हो ।

बैंकहरुले नाफाको ३० प्रतिशतको दरमा आयकर तिर्नुपर्ने व्यवस्था छ । हाल नेपालमा २० बाणिज्य बैंक सञ्चालनमा छन् । गत आवमा उनीहरुको कुल नाफा ९४ अर्ब १४ करोड १९ लाख रुपियाँ थियो । आयकर तिरेपछि बैंकहरुको खुद नाफा ६४ अर्ब १५ करोड ३० लाख ९१ हजार रुपियाँ कायम भएको छ ।

कुन बैंकले तिर्ने आयकर कति ? 
१. नविल बैंक  – दुई अर्ब ७३ करोड ५२ लाख ४३ हजार
२. प्रभु बैंक – दुई अर्ब ५७ करोड ३६ लाख २६ हजार
३. ग्लोबल आईएमई बैंक – दुई अर्ब ५५ करोड १२ लाख ६४ हजार
४. नेपाल इन्भेष्टमेण्ट मेगा बैंक – दुई अर्ब १४ करोड ४१ लाख ५९ हजार
५. एभरेस्ट बैंक – एक अर्ब ९० करोड चार लाख १७ हजार
६. राष्ट्रिय वाणिज्य बैंक – एक अर्ब ८९ करोड ९४ लाख ५८ हजार
७. प्राइम कर्मशियल बैंक – एक अर्ब ६५ करोड ३९ लाख १८ हजार
८. कृषि विकास बैंक – एक अर्ब ६४ करोड तीन लाख१५ हजार
९. कुमारी बैंक – एक अर्ब ६२ करोड पाँच लाख २९ हजार
१०. स्ट्यान्डर्ड चार्टर्ड बैंक – एक अर्ब ४१ करोड ८१ लाख २३ हजार
११. सिद्धार्थ बैंक – एक अर्ब ३४ करोड ४५ लाख ७० हजार
१२. लक्ष्मी सनराइज बैंक – एक अर्ब २३ करोड ५७ लाख ३३ हजार
१३. नेपाल बैंक – एक अर्ब २३ करोड ४६ लाख ९५ हजार
१४. हिमालयन बैंक – एक अर्ब २० करोड ८३ लाख २२ हजार
१५. एनएमबी बैंक – एक अर्ब ६६ लाख २६ हजार
१६. सनिमा बैंक – ९७ करोड २३ लाख ७६ हजार
१७. नेपाल एसबीआई बैंक – ८६ करोड ५३ लाख २८ हजार
१८. सिटिजन्स बैंक – ७४ करोड ४३ लाख ७७ हजार
१९. माछापुच्छ्रे बैंक – ६९ करोड पाँच लाख १५ हजार
२०. एनआईसी एशिया बैंक – ५४ करोड ९३ लाख नौ हजार

बाणिज्य बैंकहरुले तिर्ने कर गत आवमा १६ प्रतिशतले बढेको पनि देखिन्छ । अघिल्लो आव २०७९–८० मा बाणिज्य बैंकहरुले २५ अर्ब ९१ करोड २८ लाख ८१ हजार रुपियाँ आयकर तिरेका थिए । नाफा बढेपछि सरकारलाई दिने आयकर पनि स्वतः बढेको बैंकरहरु बताउँछन् ।

प्रतिक्रिया