सुदूरपश्चिम प्रदेशसभामा राजश्व सङ्कलनसम्बन्धी अध्यादेश पेस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठकमा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजश्व सङ्कलनसम्बन्धी अध्यादेश,२०८१’ पेस गरिएको छ । आज प्रारम्भ भएको प्रदेशसभाको पाँचौ अधिवेशनको पहिलो दिनको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले अध्यादेश पेस गरेका हुन् ।
मन्त्री थापाले बजेट पारित नभएको, राजश्व सङ्कलन गर्न कानुनी व्यवस्था नभएकोे अवस्थामा राजश्व सङ्कलनका लागि नेपालको संविधानको धारा २०३ बमोजिम अध्यादेश जारी गरिएको बताए । अध्यादेश जारी गरिएसँगै कर, दस्तुर, सेवा शुल्क, महशुल, दण्ड जरिवाना, रोयल्टी, ब्याज सङ्कलनका लागि बाटो खुलेको छ ।
बैठकको प्रारम्भमा सभामुखबाट समय लिएर प्रदेशसभा सदस्य जुनाकुमारी दानीले वर्षासँगै बाजुराको हिमाली गाउँपालिका—३को गोरुखर्कमा यही साउन २६गते गएको पहिरोमा परी भएको धनजनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।
उनले पहिरोमा परी प्रेमकला बुढा, हङ्स बुढा, ललिता बुढा र अनौति रोकाया घाइते भएको, ४१ पशु चौपाया मरेको र पहिरोका कारण ३० परिवार समस्यामा परेको उल्लेख गर्दै घाइतेको उपचारको व्यवस्था गरी प्रभावितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण गराए । उनले वर्षासँगैको पहिरोका कारण अवरुद्ध बनेको साँफे–मार्तडी सडक र मार्तडी–कोल्टी सडकमा आवागमन चाँडो सञ्चालनको माग गरे ।
आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिम प्रदेशसभा नियमावली बमोजिम विधायन तथा प्रदेश मामिला समिति सदस्यमा रमेशसिंह धामी र लक्ष्मी बिक, सार्वजनिक लेखा समिति सदस्यमा दीर्घबहादुर सोडारी, गीतादेवी माल, र अक्कलबहादुर रावल, सामाजिक विकास समिति सदस्यमा माया पन्त, ओम विक्रम भाट र झपटबहादुर साउँदलाई मनोनयन गरिएको जानकारी गराए ।
बैठकको प्रारम्भमा सभामुख भण्डारीले पाँचौँ अधिवेशन आह्वानसम्बन्धी गरिएको प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा वाचन गरे ।
















नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया