सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने
मेरोन्यूज
२०८१ साउन २८ गते १४:१९

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते बुधबार प्रदेश सभाबाट विश्वास मत लिने भएका छन् ।
शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् ।
शाह २० साउनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद रहेका छन् । यहाँ बहुमतका लागि २७ सांसद आवश्यक पर्छ ।
सम्बन्धित
प्रतिक्रिया