अध्यक्ष नेपालसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट
मेरोन्यूज
२०८१ साउन २८ गते १७:५८

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । नेपाल भ्रमणमा रहनुभएका मिस्रीले कोटेश्वरस्थित अध्यक्ष नेपाल निजी निवास पुगेर आज भेट गरेका हुन् ।
भेटमा उनीहरूबीच द्विपक्षीय हित, सांस्कृतिक सम्बन्ध र विकासलगायत क्षेत्रमा थप सहकार्य गर्ने विषयमा छलफल भएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
यसअघि सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायतसँग शिष्टाचार भेट गरेका थिए ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया