शनिबार, पुष १९, २०८२

नेपालमा केहि हुँदैन भन्ने भाष्यले देश कमजोर बनायाे : शेखर कोइराला

मेरोन्यूज २०८१ साउन २९ गते १७:४१

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपालमा केहि हुँदैन भन्ने भाष्यले राष्ट्रियता कमजोर बनाइरहेको बताएका छन् ।

मंगलबार अनामनगरस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित अन्तरपुस्ता संवाद कार्यक्रमलाई सम्बोधन नेता कोइरालाले विदेश पलायन रोक्न युवाहरुका लागि देशमै रोजगारीका अवसरहरु सिर्जना गरिनुपर्ने बताए । उनले गत साल १ लाख २५ ले १२ पास गरेकोमा झण्डै १ लाख उच्च शिक्षाका लागि भन्दै विदेश गएको बताए ।

देशमा अहिले दुइतिहाइको सरकार भएपनि सुशासन कायम हुन नसकेको नेता कोइरालाको भनाइ छ। ‘अहिले देशको राजिनितिक अवस्था निकै रोचक छ । दुइतिहाइको सरकार भएपनि सुशासन कायम हुन सकेको छैन । भ्रष्टाचार बढेको बढ्यै छ । युवाहरु पलायन भएका भयै छन् ।’ नेता कोइरालाले भने ।

पलायन हुने युवा दिनदिनै बढेपनि विदेशबाट फर्किने युवाहरू पनि उल्लेख्य रहेकाे काेइरालाले स्पष्ट पारे ।

‘२ हजार युवाहरु दिनदिनै पलायन हुने गरेका छन् भने करिब १२ सय युवाहरु फर्किपनि राखेका छन् ।’ उनले भने ‘उनीहरुका लागि सरकारले के के गरिरहेको छ र के गर्नुपर्छ भन्ने विषयमा युवाहरुले छलफल गनुपर्छ ।’

प्रतिक्रिया