शुक्रबार, वैशाख २५, २०८३

लेबनानमा बढ्दो नागरिक मृत्यु र विस्थापन चिन्ताजनक : राष्ट्रसङ्घ

मेरोन्यूज २०८१ साउन ३० गते १७:१२

काठमाडौँ । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए) ले लेबनान र इजरायली अस्तित्वलाई छुट्याउने ‘ब्लू लाइन’मा बढ्दो वैमनस्यताको बीचमा नागरिक मृत्यु र बढ्दो विस्थापनप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।

Advertisement
NiccNicc

गत महिनामा नागरिक मृत्युको सङ्ख्या २० प्रतिशतले बढेको तथा सन् २०२३ को अक्टोबरदेखि अधिकांश महिला तथा बालबालिकासहित १२० जनाको मृत्यु भएको राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ ।

कार्यलयले राष्ट्रङ्घीय बाल कोष (युनिसेफ) लाई उदृत गर्दै १२ वटा भन्दा बढी पानी मुहानहरू क्षतिग्रस्त भएको र हाल चारवटा मुहानबाट सेवा नजोडिँदा दुई लाख भन्दा बढी मानिसहरू सुरक्षित पिउने पानीको पहुँचविहिन भएको जानकारी दिँदै द्वन्द्वरत पक्षले नागरिक पूर्वाधारलाई बारम्बार लक्षित गरेको औँल्याएको छ ।

यसैगरी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हालै ३२ टन आपतकालीन सर्जिकल किटका साथैै औषधिहरू वितरण गरी लेबनानी सरकारको समर्थनमा कार्यालय र साझेदारहरूले राहत प्रयास जारी राखेको कार्यालयले पुष्टि गरेको छ ।

आसिएचलेले ब्लू लाइनको दुबै पक्षमा विस्थापन जारी रहेको बताउँदै लेबनानको विस्थापन सन् २०२४ को जुलाईदेखि लगभग चार प्रतिशतले बढेर अक्टोबर २०२३ देखि विस्थापित हुने मानिसको सङ्ख्या एक लाख दुई हजार पुगेको छ ।

ओसिएएचएले सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानून दायित्वहरूको सम्मान गर्न आग्रह गर्दै, नागरिक तथा नागरिक पूर्वाधारको रक्षा गर्नुपर्नेमा जोड दिएको छ ।

इजरायली समूहहरूले दक्षिणी लेबनानका सहर र गाउँहरूमा हवाई आक्रमण तथा बमबारी बढाउँदा कैयौँ नागरिकको मृत्यु र घाइते हुन पुगेका छन् भने सयौं परिवारहरू घर छोड्न बाध्य भएका छन् ।

प्रतिक्रिया