शुक्रबार, पुष १८, २०८२

दुईवटा संसदीय समितिका सभापति आज चयन हुँदै

मेरोन्यूज २०८१ साउन ३१ गते १०:२१

काठमाडौँ  । संघीय संसदको दुईवटा संयुक्त समितिका सभापति आज चयन गरिँदै छ ।

संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सभापति आज चयन गर्न लागिएको हो ।

समितिका सभापतिका लागि बुधबार नै उम्मेदवारी दर्ता भइसकेको छ । संसदीय सुनुवाइ समितिमा काँग्रेसकी ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूलयांकन समितिमा एमालेका ठाकुर गैरेले उम्मेदवारी दर्ता गराएका छन् ।

दुवै समितिको बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ ।

प्रतिक्रिया