मुगुका जलचर तथा जैविक विविधता संरक्षणका लागी जल जङल परियोजना

मुगु। मुगु कर्णाली नदीको जलचर तथा जैविक विविधताको संरक्षणका लागि जल जगङल परियोजना लागु भएको छ ।
समुदायको प्रत्यक्ष संलग्नतामा युएसआईडीको आर्थिक सहयोग र हिमाली ग्रामिण युवा समाज विकास केन्द्र हिरिसडेक नेपालको प्राबिधिक सहयोगमा हिमाली जिल्ला मुगु कर्णाली नदी भित्र रहेका जलचर तथा जैविक विविधता संरक्षणका लागी जिल्लाका तिन स्थानीय तहमा यो कार्यक्रम लागु भएको हो ।
समुदायमा आधारित जलचर र जैविक बिबिधता संरक्षणका लागी मुगु कर्णाली वरीपरी बसोबास गर्ने सुमदायको क्षमतामा सुधार सामुदायिक जलचर संरक्षण समुह गठन र उनीहरुको दर्ताका लागी कानूनी तयारी पुरा गर्दै मुगु कर्णालीमा रहेका जलचर र जैविक बिबिधता संरक्षणका लागी समुदायहरु परिचालन र संगठित हुनका लागी युएसआईडी जल जल जगङलको आर्थिक र हिरिसडेक नेपालको प्राबिधिक सहयोगमा यो परियोजना लागु भएको परियोजना अधिकृत मेलीना राना मगरले जानकारी दिईन ।
हिरिसडेक नेपालका कार्यकारी अधिकृत शिव चन्द्र कार्कीले बताए अनुसार यो कार्यक्रम जिल्लाका छाँयानाथ रारा नगरपालिका , मुगुम कार्मारोङ र सोरु गाउँपालिकाको मुगु कर्णाली वारीपारी रहेका १२ समुदायमा र यि तिन पालिकामा साउन देखि मंसिर सम्म लागु हुने यो परियोजनाले पालिका स्तरमा जलचर एंव जलीय जैविक विबिधता संरक्षण ऐन निमार्ण गरी वातावरण संरक्षण बिधेयक तयारी गर्नका लागी सम्बन्धित पालिकालाई सहजीकरण गर्दै वातवरणीय अपराधलाई रोकेर प्राकृति श्रोतहरुको सुरक्षा गर्दै रारा राष्ट्रिय निकुञ्ज भित्रको फोहोर अडिट र ब्यवस्थापन रारा आउने आगन्तुकहरुले फालेका फोहोरको अडिट प्रणालीलाई दिगोपन गर्ने परियोजनाको मुख्य उदेश्य रहेको कार्यकारी निर्देशक कार्कीले बताए । यसले पारिस्थितक प्रणालीको स्वास्थ्य सुधार , वातावरण अपराध नियन्त्रण तथा प्राकृतिक श्रोत सुरक्षामा पनि टेवा पुग्ने छ ।
यति मात्र नभई यो परियोजनाले समुदायमा आधारित जलचर र जैविक विविधता संरक्षणको लागि मुगु कर्णाली नदि वरीपरि बसोवास गर्ने समुदादयको क्षमता सुधार र सुदृढिकरण गर्ने अपेक्षा राखिएको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसिका अनुसार जल जंगल , प्राकृतिक सम्पदा संरक्षणमा कानुनको अधिनमा रहेर काम गर्न सुझाव दिनु भएको छ । परियोजनामा जलीय जैविक विविधता संरक्षण र समुदायमा आधारित प्राकृतिक स्रोत ब्यवस्थापन अभ्यासमा ३ सय ६० जना लाई अभिमुखीकरण गरिने परियोजनाको ध्ये रहेको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
प्रतिक्रिया