मर्मतसम्भारको अभावमा जीर्ण बन्दै औलिया मठ

धरान (सुनसरी) । चतराधामस्थित दुई सय ६० वर्ष पुरानो औलिया बाबा मठका संरचना जीर्ण भएका छन् ।
बराहक्षेत्र नगरपालिका– १ मा चतरा गुठीको स्वामित्वका ती तत्काल मर्मतसम्भार हुनुपर्नेमा महन्त विनायक पुरीले जोड दिनुभएको छ ।
मठको गद्दीदेखि मूर्तिसम्म गद्दीसम्मका संरचना जीर्ण बनाकाले तत्काल मर्मतसम्भार थाल्नुपर्ने उनको माग छ । उनले धार्मिक एवं पुरातात्विक महत्वका यस्ता सम्पदा संरक्षणको दायित्व समाजका सबै वर्गको भएको बताए । जीर्णोद्वारका लागि गुठी संस्थानलाई पत्राचार गरिएको उनले बताए।
महन्त पुरीका अनुसार शिवालयभित्रको स्वर्णजडित शिवलिङ्ग, शिवलिङ्गको स्वर्णजडित नाग, स्वर्णजडित पञ्चमुखी शिवलिङ्ग, सङ्गमर्मरद्वारा निर्मित औलिया बाबाको मूर्ति, पत्थरको द्वारा निर्मित अष्टभूजा भैरवको मूर्ति, औलिया बाबाको गद्दी तत्काल जीर्णोद्वार गर्नुपर्ने भएको छ । धर्मशास्त्रले खण्डित मूर्ति पूजा गर्न नहुनेमा जोड दिएको उनले बताए ।
















कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा
Two killed in motorcycle accident in Rautahat
उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया