सप्ताहव्यापी अभियानमा ७९ सय पशुलाई खोप
मेरोन्यूज
२०८१ भदौ १ गते १५:०६

बागमती । लम्पी स्कीन विरुद्धको सप्ताहव्यापी खोप कार्यक्रमअन्तर्गत बागमती प्रदेशमा ७१ हजार नौ सयबढी पुशमा खोप लगाइएको छ । प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत साउन २४ गतेदेखि ३२ गतेसम्म खोप अभियानमा सञ्चालन गरेको थियो ।
अभियानमा प्रदेशका विभिन्न जिल्लाका ७१ हजार नौ सय ८७ पुशचौपायालाई खोप लगाइएको मन्त्रालयका पशुपंक्षी विकास महाशाखाका पशु सेवा अधिकृत डा सन्तोष अधिकारीले जानकारी दिए । उनका अनुसार सप्ताहव्यापी अभियानका क्रममा सबैभन्दा बढी चितवनमा १० हजार दुई सय १९ र सबैभन्दा कम सिन्धुपाल्चोकमा एक हजार तीन सय दुई पशुमा लम्पी स्कीन विरुद्धको खोप लगाइएको हो ।
चालु आर्थिक वर्षमा ७६ हजार दुई सय ७५ पशुचौपायालाई लम्पी स्कीन विरुद्धको खोप लगाउने लक्ष्य रहेको जनाउँदै डा अधिकारीले अभियानको सुरुमा नै ७१ हजार नौ सय ८७ मा खोप लगाइएको बताए।
सम्बन्धित














महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया