‘१२ गाउँ’को एक्सन प्रधान टिजर सार्वजनिक
काठमाडौँ । आगामी असोज २४ गते अर्थात् दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘१२ गाउँ’को एक्सन प्रधान टिजर सार्वजनिक गरिएको छ । अभिनेता विराज भट्ट र उनका छोरा समीर भट्ट एक्सन अवतारमा प्रस्तुत भएका छन् । विराजको ‘भ्वाइस ओभर’बाट सुरु भएको टिजरमा समीरलाई योद्धाको रुपमा चित्रित गरिएको छ ।
टिजर हेर्दा फिल्मले बदलाको कथा उठाएको बुझ्न सकिन्छ । गाउँको पृष्ठभूमिमा कथा भनिएको छ । विराज र समीर दुवै एक्सनमा छरितो देखिन्छन् । तर, टिजरमा समीरको संवाद छैन । उनले यही फिल्मबाट डेब्यु गरेका हुन् । लामो समय भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका उनलाई अबको एक्सन स्टारको रुपमा हेर्न थालिएको छ । अब उनले फिल्म ‘बलिदान’मा काम गर्दैछन् ।
विराज स्वयंको निर्देशन रहेको ‘१२ गाउँ’मा पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, भिष्म जोशी, तारा शर्मा, शुलेमान शंकर (इकु), किशोर भट्ट, सन्तोष सरकार, स्टन्ट सिल्भा (साउथ फिल्मका चर्चित कलाकार) लगायतको पनि अभिनय रहेको छ ।
यसमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ ।
फिल्ममा साउथका स्टन्ट सिल्भाको द्वन्द्व निर्देशन छ । उनलाई शंकर महर्जनले सघाएका छन् ।
टिजरको लिंक-










देवघाटधाममा शतबीज छर्ने घुइँचो
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
आज विश्व शौचालय दिवस
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया