शुक्रबार, पुष १८, २०८२

उपमेयर डंगोलको फेक भिडियो बनाइएको घटनाकाे छानबिन गर्न अध्यक्ष निरौलाकाे माग

मेरोन्यूज २०८१ भदौ २ गते १७:१३

काठमाडौं । नेकपा (एमाले) काठमाडौँ जिल्ला अध्यक्ष दिपक निरौलाले काठमाडौं माहानगरपालिकाकी उपमेयर सुनिता डंगोलको फेक भिडियो बनाइएको घटनाको निन्दा गरेका छन्।

आज एमाले काठमाडौँ जिल्ला कमिटी कार्यलयले आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै अध्यक्ष निरौलाले उपमेयर डंगाेलको सामाजिक संजालमा बदनाम गर्ने प्रयत्न भइरहेको बताए । सरकारले यस विषयमा तत्काल छानबिन गरेर गलत प्रविधि अपनाउने र समाजमा गलत सन्देश फैलाउनेलाइ पनि कारवाहीको दायरामा ल्याउन उनले माग गरे ।

‘हाम्रो पार्टीबाट काठमाडौँ महानगरपालिकामा उपमियरमा निर्वाचित हुनुभएको सुनिता डंगोलको विषयलाइ लिएर सामाजिक संजालमा अहिले सामाजिक संजालको दुरुपयोग गर्दै र प्रविधिको गलत ढंगको प्रयोगबाट बद्नाम गर्ने प्रयत्न गरिएको छ, सरकारले विषयमा तत्काल छानबिन गरेर गलत प्रविधि अपनाउने र समाजमा गलत समाचार र सन्देश फैलाउनेलाइ कारवाहीको दायरामा ल्याउनुपर्छ’ अध्यक्ष निरौलाले भने ।

प्रतिक्रिया