उपमेयर डंगोलको फेक भिडियो बनाइएको घटनाकाे छानबिन गर्न अध्यक्ष निरौलाकाे माग

काठमाडौं । नेकपा (एमाले) काठमाडौँ जिल्ला अध्यक्ष दिपक निरौलाले काठमाडौं माहानगरपालिकाकी उपमेयर सुनिता डंगोलको फेक भिडियो बनाइएको घटनाको निन्दा गरेका छन्।
आज एमाले काठमाडौँ जिल्ला कमिटी कार्यलयले आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै अध्यक्ष निरौलाले उपमेयर डंगाेलको सामाजिक संजालमा बदनाम गर्ने प्रयत्न भइरहेको बताए । सरकारले यस विषयमा तत्काल छानबिन गरेर गलत प्रविधि अपनाउने र समाजमा गलत सन्देश फैलाउनेलाइ पनि कारवाहीको दायरामा ल्याउन उनले माग गरे ।
‘हाम्रो पार्टीबाट काठमाडौँ महानगरपालिकामा उपमियरमा निर्वाचित हुनुभएको सुनिता डंगोलको विषयलाइ लिएर सामाजिक संजालमा अहिले सामाजिक संजालको दुरुपयोग गर्दै र प्रविधिको गलत ढंगको प्रयोगबाट बद्नाम गर्ने प्रयत्न गरिएको छ, सरकारले विषयमा तत्काल छानबिन गरेर गलत प्रविधि अपनाउने र समाजमा गलत समाचार र सन्देश फैलाउनेलाइ कारवाहीको दायरामा ल्याउनुपर्छ’ अध्यक्ष निरौलाले भने ।
















बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया