धनगढीमा राठी इन्टरप्राइजेजले ल्यायो कजरिया ग्यालेक्सी सञ्चालनमा

धनगढी । धनगढीमा रहेको राठी इन्टरप्राइजेजको ५१ वर्ष पुरा भएको अवसरमा कजरिया ग्यालेक्सी सञ्चालनमा ल्याइएको छ । राठी इन्टरप्राइजेजले शनिबार एक कार्यक्रमका बिचमा कजरिया ग्यालेक्सीको उद्घाटन गर्दै सञ्चालनमा ल्याइएको हो ।
राठी इन्टरप्राइजेजका संस्थापक सञ्चालक गौरीशंकर राठीले रिर्भन काटेर कजरिया ग्यालेक्सीको उद्घाटन गरेका हुन । उद्घाटन पछि संस्थापक सञ्चालक राठीले सेवा ग्राहीलाई अझै गुणस्तरिय सामान उपलब्ध गराउन प्रतिवद्धता व्यक्त गरे । कजरिया ग्यालेक्सीका डाईरेक्टर हिमान्सु अग्रवालले राठी इन्टरप्राइजेजलाई व्यवसायीक क्षेत्रमा अघि बढ्न सुझाब दिए । उनले कजारिया ग्यालेक्सीको शोरुम यहाँ खोल्दा सुदूरपश्चिममा पूर्वाधार विकास क्षेत्रमा ठुलो अवसर भएको बताए ।
कजारिया ग्यालेक्सीबाट सुपथ मुल्यमा घरको गुणस्तरीय सामान, विभिन्न डिजाइनका कजारिया टायल, रड किचन, बाथरुमका सामग्रीहरु उपलब्ध हुने राठी इन्टरप्राइजेजका सञ्चालक सुरेन्द्र राठीले बताए ।
व्यवसायीक संघर्ष गर्दै हाल उपभोक्ताको चाहना समयको माग रोजाई र आवश्यकतालाई मध्येनजर राख्दै कजारिया ग्यालेक्सी सञ्चालनमा ल्याइएको उनले बताए । ‘घर भन्ने कुरा जीवनमा एक पटक बनाउने हो ।’, उनले भने, ‘त्यसका लागि दुई रुपैयाँ महँगो भए पनि भरपर्दो कम्पनीका सामग्रीहरु प्रयोग गर्नुपर्दछ ।’ उनले ग्राहक तथा उपभोक्ताको चाहना र आवश्यकतालाई परिपूर्ती गर्ने बताए ।
राठीले निकट भविष्यमा कैलालीको अत्तरियामा पनि शाखा विस्तार गर्ने जनाएको छ । नयाँ निर्माण गरिएको भवनको लागत दुई करोड लागेको जनाएको छ ।
















कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि आर्मीका रोकायलाई
हिन्दू र मुस्लिम समुदायबीच तनावपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया