धनगढीमा राठी इन्टरप्राइजेजले ल्यायो कजरिया ग्यालेक्सी सञ्चालनमा

धनगढी । धनगढीमा रहेको राठी इन्टरप्राइजेजको ५१ वर्ष पुरा भएको अवसरमा कजरिया ग्यालेक्सी सञ्चालनमा ल्याइएको छ । राठी इन्टरप्राइजेजले शनिबार एक कार्यक्रमका बिचमा कजरिया ग्यालेक्सीको उद्घाटन गर्दै सञ्चालनमा ल्याइएको हो ।
राठी इन्टरप्राइजेजका संस्थापक सञ्चालक गौरीशंकर राठीले रिर्भन काटेर कजरिया ग्यालेक्सीको उद्घाटन गरेका हुन । उद्घाटन पछि संस्थापक सञ्चालक राठीले सेवा ग्राहीलाई अझै गुणस्तरिय सामान उपलब्ध गराउन प्रतिवद्धता व्यक्त गरे । कजरिया ग्यालेक्सीका डाईरेक्टर हिमान्सु अग्रवालले राठी इन्टरप्राइजेजलाई व्यवसायीक क्षेत्रमा अघि बढ्न सुझाब दिए । उनले कजारिया ग्यालेक्सीको शोरुम यहाँ खोल्दा सुदूरपश्चिममा पूर्वाधार विकास क्षेत्रमा ठुलो अवसर भएको बताए ।
कजारिया ग्यालेक्सीबाट सुपथ मुल्यमा घरको गुणस्तरीय सामान, विभिन्न डिजाइनका कजारिया टायल, रड किचन, बाथरुमका सामग्रीहरु उपलब्ध हुने राठी इन्टरप्राइजेजका सञ्चालक सुरेन्द्र राठीले बताए ।
व्यवसायीक संघर्ष गर्दै हाल उपभोक्ताको चाहना समयको माग रोजाई र आवश्यकतालाई मध्येनजर राख्दै कजारिया ग्यालेक्सी सञ्चालनमा ल्याइएको उनले बताए । ‘घर भन्ने कुरा जीवनमा एक पटक बनाउने हो ।’, उनले भने, ‘त्यसका लागि दुई रुपैयाँ महँगो भए पनि भरपर्दो कम्पनीका सामग्रीहरु प्रयोग गर्नुपर्दछ ।’ उनले ग्राहक तथा उपभोक्ताको चाहना र आवश्यकतालाई परिपूर्ती गर्ने बताए ।
राठीले निकट भविष्यमा कैलालीको अत्तरियामा पनि शाखा विस्तार गर्ने जनाएको छ । नयाँ निर्माण गरिएको भवनको लागत दुई करोड लागेको जनाएको छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया