महाधिवेशनको तयारीमा केन्पो खुकुरी मार्सल आर्ट्स संघ

काठमाडौं । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको केन्द्रीय महाधिवेशन भदौ १५ गते काठमाडौंमा हुने भएको छ ।
संघले भदौ १५ गते शनिबार राजधानीमा तेस्रो महाधिवेशन तथा १३ औं वार्षिक साधारणसभा गर्न लागेको हो ।
महाधिवेशनले नयाँ नेतृत्व चयनका साथै केन्पो खुकुरी मार्सल आर्टस् खेलका आगामी कार्ययोजना तय गर्ने संघले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
नेपालभित्र नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स खेलको विकास विस्तारका साथै नेपाललाई खुकुरी मार्सल आर्ट्स खेलमा अन्तर्राष्ट्रियस्तरमा सहभागिता बृद्धि गरी खेलकूदमार्फत राष्ट्रको प्रतिष्ठा अभिबृद्धिमा जोड दिँदै आएको संघले स्थापनाको छोटो अवधिमै ७७ जिल्लाका तीनसय ६५ पालिकामा विस्तार गर्दै एकसय ६५ वटा डोजो सञ्चालन गर्न सफल भएको संघका अध्यक्ष डा.पूर्णप्रसाद पाण्डेले बताए ।
“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने नाराका साथ २०७४ सालमा स्थापना भएको संघले खेलको स्तर बृद्धि गर्न प्रशिक्षण, विभिन्न स्तर र तहका प्रतियोगिता सञ्चालन गर्दै आएको छ भने तीनवटा राष्ट्रिय प्रतियोगितासमेत आयोजना गरिसकेको छ ।
साथै संघले आगामी कात्तिकमा सुदुरपश्चिम प्रदेशमा केन्पो खुकुरी मार्सल आर्टस् प्रतियोगिता आयोजना गर्ने भएको छ । त्यसैगरी यसैवर्षभित्र पोर्चुगलमा आयोजना हुने प्रतियोगितामा पनि खेलाडीलाई भाग लिनका लागि पठाइने संघले जनाएको छ ।













कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
छापियो १० लाख नमुना मतपत्र
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया