आज भद्रा परेको विषयमा पञ्चाङ्ग निर्णायक समिति रक्षाबन्धन बारे के भन्छ ?

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहानैदेखि सर्वसाधारणले रक्षाबन्धन गर्दा केही फरक नपर्ने जनाएको छ । तर, विशिष्ट व्यक्तिहरूले भने दिउँसो १ बजेपछि रक्षाबन्धन कर्म गर्नु ठिक हुने समितिले बताएको छ ।
समितिका अनुसार भाद्र ३ गते सोमवार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको छ । सो तिथिलाई देखाएर गणस्नान, उपाकर्म नूतन यज्ञोपवीतधारण, ऋषितर्पणी एवं रक्षाबन्धन आदि कृत्यहरूको काल सम्बन्धमा विभिन्न सामाजिक सञ्जालमा उठेका तर्कहरूले सर्वसाधारण जनतामा भ्रम पैदा भइरहेको भन्दै समितिले यसबारे स्पष्ट पारेको हो ।
समितिका अनुसार घण्टा मिनेटअनुसार सोमबार दिउँसो १: ३१ बजेसम्म भद्रा परेको छ । यसमा अन्य कर्म गर्न भएपनि भद्राभित्र रक्षाबन्धनलगायत जनैपूर्णिमा सम्बन्धी कर्म गर्न मिल्छ कि मिल्दैन भन्ने नै मुख्य प्रश्न रहेको देखिएको समितिले जनाएको छ।
समितिले भद्रामा श्रावणीसम्बन्धी काम र होलिकादहनको काम गरेमा श्रावणीको कामबाट राजा अर्थात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवं सहरको नाश हुन्छ भन्ने विषय स्पष्ट उल्लेख भएको बताएको छ ।
समितिले विशिष्ट व्यक्तिहरूले मात्र भद्रा कटाई सोमबार १ बजेर ३१ मिनेट बितेपछि रक्षाबन्धनको कर्म गर्नु मुनासिब देखिएको बताएको छ ।
समितिले साउन ३१ मै जारी गरेको विज्ञप्तिमा भनेको छ- ‘यस बीचमा गणस्तान आदि उपाकर्मका समस्त कर्म र रक्षाबन्धनको पनि पूजनादि गर्न हुने तर रक्षा सूत्रमात्र पूर्वोक्त व्यक्तित्वहरूले बाँध्न नहुने हुँदा भद्रापछि बाँध्नु उचित हुने शास्त्रीय व्यवस्था र परम्परा पनि रहेको देखिन्छ ।’
















सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया