बिहीबार, वैशाख १७, २०८३

प्रचण्डले पार्टी पंक्तिलाई पठाएको सर्कुलरमा के छ ?(पूर्णपाठसहित)

मेरोन्यूज २०८१ भदौ ३ गते १५:३६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले आइतबार नेता तथा कार्यकर्तालाई सर्कुलर जारी गरेका छन् ।

Advertisement
NiccNicc

जारी सर्कुलरमा हालै बसेको पार्टीको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थिति, भावी दिशा र कार्यक्रमबारे राखेका धारणाहरुलाई बुँदागत रुपमा प्रस्तुत गरिएकाे छ ।

बैठकमा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालले गरेको ७ बुँदे सहमति पश्चगामी र प्रतिगामी कदम रहेको तर्क गरेका छन् ।

‘संविधान संशोधन गर्ने भनेर भनिएका विषयहरू सुन्दा दश वर्षको जनयुद्ध र बृहत् शान्ति सम्झौता पश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक– समावेशी लगायतका उपलब्धिहरूलाई उल्ट्याएर मुलुकलाई २०४७ साल तिर फर्काउने संकेत देखिन्छ’ सर्कुलरमा भनिएको छ, ‘विधानले सुनिश्चित गरेको बहुदलीय प्रतिस्पर्धाको प्रणालीलाई उल्ट्याएर दुई दलीय सर्वसत्तावाद तर्फ लैजाने दिशामा उद्धत देखिन्छ ।’

अध्यक्ष प्रचण्डले सरकारविरुद्ध कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भएकाले तयार रहन नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

पूर्णपाठ :

प्रतिक्रिया