नृत्य निर्देशक संघ नेपालले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला गर्ने

पोखरा । नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला २०८१ तयारीको अध्यक्ष र सचिव स्तरिय बृहत प्रारम्भिक छलफल सम्पन्न गरेको छ । आइतबार गण्डकी प्रदेशको पोखरामा सम्पन्न उक्त प्रारम्भिक छलफलले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला २०८१ आयोजना गर्ने निर्णय गरिएको संघका सचिव/प्रवक्ता ऋषिकेश श्रेष्ठले बताए । सो राष्ट्रिय भेला कोशी प्रदेशमा हुने श्रेष्ठले बताए । छलफल कार्यक्रममा नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेश ,कोशी प्रदेश,मधेश प्रदेश,गण्डकी प्रदेश ,बागमती प्रदेश र कर्णाली प्रदेशका अध्यक्ष तथा सचिवहरुको उपस्थिति रहेको संघका सह-कोषाध्यक्ष केशब कोइरालाले बताए । त्यसैगरी जिल्ला,नगर,गाउँपालिका अध्यक्ष तथा सचिवहरुको उपस्थिति रहेको उनले बताए ।
गण्डकी प्रदेशको व्यवस्थापनमा आयोजना गरिएको सो छलफल कार्यक्रमको प्रथम चरणको कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको प्रमुख आतिथ्यता र संघका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपकुलपती गोरे गुरुङले सम्पूर्ण नृत्य निर्देशकहरुले नृत्य सम्बन्धि अध्ययन र अनुसन्धान गर्दै विद्यार्थीहरुलाई प्रशिक्षण गराउनु पर्ने बताए । संघका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले नेपाल सरकार बाट राष्ट्रिय नृत्य दिवस घोषणाका लागि देशै भरका नृत्य निर्देशकहरु एक जुट भई अगाडी बढ्नु पर्ने बताए । करिब १२ घण्टा भएको उक्त छलफलमा सबै प्रदेश ,जिल्ला ,नगरका अध्यक्ष र सचिवहरुले आ-आफ्नो योजनाहरु प्रस्तुत गरेको संघका कार्यसमिति सदस्य बुद्ध लामाले बताए ।
पोखराको होटल रोयल प्यालेसमा सम्पन्न उक्त छलफल कार्यक्रममा बनेका मूल समारोह समिति लगायत उपसमितिहरुले आ-आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरी कार्यक्रम सफल बनाउन संघका केन्द्रीय महिला उपाध्यक्ष भावना कार्कीले आग्रह गरिन ।
















इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
कांग्रेस संसदीय दलको नेता चयनबारे बैठक बस्दै
आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया