पहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा भक्तजन अलपत्र

ढोरपाटन। अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा भक्तजन अलपत्र परेका छन्। सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका–७ धारबोटस्थित सडक माथिदेखि पहिरो खस्दा आज दिउँसोदेखि सडक ठप्प भएको हो।
सडक पूर्ण रूपमा अवरुद्ध हुँदा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित ढोरबराह मन्दिरमा पूजा गरेर फर्किने सयौँ भक्तजन समस्यामा परेको ढोरपाटन नगरपालिका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए। सोमबार रातिदेखि परेको वर्षाले सडकका धेरै ठाउँमा पहिरो झरेकाले खुलाउने प्रयास भइरहेको उनले बताए।
‘रातिबाट नै ठूलो पानी परेको थियो, भारी वर्षा हुँदा सडक पूर्ण रूपमा बन्द भएको हो । सडक अवरुद्ध हुँदा धेरैलाई समस्या परेको छ। हामीले सडक खुलाउने प्रयास गरिरहेका छौँ’, उपप्रमुख कायतले भने, ‘जनैपूर्णिमामा ढोरबराह मन्दिरमा पूजाआजाका लागि देशभरबाट आउनुभएका भक्तजन फर्कन थाल्नुभएको थियो। सडक अवरुद्ध हुँदा उहाँहरू समस्यामा पर्नुभएको छ।’
यस सडकको विभिन्न ठाउँ भूजीखोलाले कटान गरेको छ। भारी वर्षा भएपछि सडकको ठाउँठाउँमा पहिरो गएकाले यात्रा गर्दा सतर्कता अपनाउन नगरपालिकाले आग्रह गरेको छ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया