बुढासुब्बामा भक्तजनको घुइँचो

धरान (सुनसरी)। बोलबम मेला सकिएसँगै सुनसरीको धरान उपमहानगरपालिका– १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा बलि चढाउन आउने भक्तजनको घुइँचो लागेको छ । बुढासुब्बामा साउन महिनाभर भाकल पूरा गर्न र बलि चढाउन बन्द गरिएको थियो ।
विराटनगरकी सुमना खत्री साउनमा बलि चढाउन नमिल्ने भएकोले भाकल पूरा गर्न भदौ लागे लगत्तै आएको बताए । इलामका अतित तामाङ पनि सुमना जस्तै बुढासुब्बाको भाकल पुरा गर्न आएको बताउछन् ।
बलि चढाउन खुल्ला गरेसँगै बुढासुब्बामा भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो । बुढासुब्बा आउने भक्तजनले कुखुराको भाले, अण्डा र फलफूल लिएर पूजा गर्न आउने गर्छन् । बुढासुब्बामा भाले र गौरिनी मातालाई पोथी वा पोथी नभए अण्डा चढाउने परम्परा छ ।
मन्दिर नजिकै फूलमाला बेच्दै आउनुभएका प्रेम पराजुली साउनमा एक महिना बलि चढाउन बन्द गरिएकाले साउन सकिएसँगै भक्तजनको भीड लागेको बताउछन् । भक्तजनको भीड बढेपछि फूलमाला व्यापारीको व्यापार वृद्धि भएको उनले बताए। बुढासुब्बा नजिकै ७० भन्दा बढी फूलमाला व्यापारी छन ।
बुढासुब्बाका पुजारी डम्बर आलेमगरका अनुसार बलि चढाउन र भाकल बुझाउन मात्र पाँच हजारभन्दा बढी भक्तजन दैनिक आउने गरेका छन् । उनले भने, “एक महिना बलि चढाउन र काटमार बन्द थियो । भदौ लागेपछि बलि चढाउन र भाकल पूरा गर्न आउने भक्तजनको सङ्ख्या बढेको छ ।”
साउन महिना, सोह्र श्राद्ध, एकादशी, कृष्णअस्टमी, स्वस्थानीपूर्णिमा, रामनवमीलगायतका बेला बुढासुब्बामा बलि चढाउन बन्द गरिने प्रचलन छ ।
















एनआरएनएमा पैसा, शक्ति र राजनीति हावी हुनुहुँदैन – डा हेमराज शर्मा
ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस्: नेपाली कांग्रेस
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया