रियलमी मिस्टर नेपाल र लायन्स क्लब अफ काठमाडौंको सहकार्यमा रक्तदान

काठमाडौं। रियलमी मिस्टर नेपाल र लायन्स क्लब अफ काठमाडौंको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
गत भाद्र १ गते शनिबारका दिन मिनिस्ट्री बार एण्ड क्याफे, गैरीधारामा सम्पन्न उक्त रक्तदान कार्यक्रममा रियलमी मिस्टर नेपालका ६० प्रतिस्पर्धीहरूले रक्तदान गरेका थिए।
यसबारे बोल्दै रियलमीको नेपाल र भारतका हेड अफ स्ट्राटेजी मुनिश गिरीले रियलमीले आफ्ना प्रयोगकर्ताहरूलाई गुणस्तरीय स्मार्टफोन प्रदान गर्ने मात्र नभइ समुदायलाई सशक्त बनाउने समेत विश्वास व्यक्त गरे।
कार्यक्रममा मिस्टर नेपालको आयोजक नेक्स्ट मोडल्सका सिइओ रवि धमलाले रक्तदानमा रियलमी र लायन्स क्लब अफ काठमाडौंसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएको बताए।
भविष्यमा पनि मिस्टर नेपालको तर्फबाट यस्तो सामाजिक कार्यमा सक्रियता कायम रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी हुनुअघि मिस्टर नेपालका ६० प्रतिस्पधीले नेपाली सेनाबाट शारीरिक तन्दरुस्ती सम्बन्धी तालिम प्राप्त गरेका थिए। मिस्टर नेपालको फिनाले यही भदौ ८ गते शनिबार काठमाडौंमा हुँदैछ।









तीन सय शैयासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल
पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल
पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त सभामुख यादवले भने- ‘निष्पक्ष भूमिका निभाउने छु’
बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया