शुक्रबार, पुष ११, २०८२

नागढुङ्गा नजिक पहिरो खस्नेक्रम जारी, सडक अझै अवरुद्ध

मेरोन्यूज २०८१ भदौ ५ गते १६:३३

काठमाडौँ । नागढुङ्गा नजिकै खसेको पहिरोका कारण मुग्लिङ-काठमाडौँ सडक अझै अबरुद्व रहेको छ ।

लगातारको बर्षा र पहिरोले नागढुङ्गा नजिक झ्याप्ले खोलमा खसेको पहिरो पन्छाउने नसकेपछि सडक अझै अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पानी परिरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको बताएको छ । बर्षा रोकिएपछि पहिरो पन्छाउन ३ देखि ४ घण्टा लाग्ने बताइएको छ । 

बिहानै देखि सडक अवरुद्ध भएपछि अहिले दुवैतर्फ सवारी साधनको लामो लाइन देखिएको छ ।
 

प्रतिक्रिया