साफ यू-२० च्याम्पियनसिपमा माल्दिभ्समाथि भुटानको जित
मेरोन्यूज
२०८१ भदौ ५ गते १७:१०

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह बी अन्तर्गत भुटानले माल्दिभ्सलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा भुटानले माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
यो जितपछि भुटानको सेमिफाइनलमा पुग्ने सम्भावना कायम रहेको छ । अब शुक्रबार हुने भारत र माल्दिभ्सबीचको खेलपछि समुह बी बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो लाग्ने भएको छ ।
आइतबारदेखि शुरु भएको प्रतियोगिताको समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ ।
नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।
त्यस्तै नेपालले भने समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।
सम्बन्धित













‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी
धवलागिरी अस्पताल भवन निर्माणमा ढिलाइ, तीन पटक म्याद थप गर्दा पनि आधा काम
निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्छाैं : गृहमन्त्री अर्याल
जाँचबुझ आयोग अध्यक्षले भने– ओलीलाई बयानमा बाेलाउन पत्र काट्दैछौं
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया