रौतहटमा अवैध भारतीय माछा नष्ट

रौतहट । रौतहटस्थित प्रहरीको गस्ती टोलीले अवैध भारतीय माछा बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहट बाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका ६ बैरीया पुल स्थित भारतबाट अबैध रुपमा २०० किलो माछा नेपाल तर्फ ल्याउँदै गरेको अबस्थामा बरामद गरेको हो ।
उक्त अबैध भारतीय माछा नियन्त्रणमा लिएर स्थानिय भद्रभलादमी संचारकर्मी तथा प्रहरीको रोहवरमा जिल्ला प्रहरी कार्यालयको हाता भित्र नष्ट गरीएको प्रहरी प्रवक्ता एवं निमित्त प्रमुख डिएसपी एलिजा गिरीले जानकारी दिएकी छन् ।
नष्ट गरिएको भारतीय माछाको बजार मूल्य ३० हजार बढी पर्ने प्रहरीले जनाएको छ। केही स्थानिय तथा केही भारतीय तस्करहरु सीमावर्ती भारतीय बजार बाट खरिद गरी अबैध रुपमा भित्र्याएको माछा जिल्लाको बजारहरुमा बिक्री गर्ने गर्दछन्। भारतको आन्ध्र प्रदेश बाट रसायन प्रयोग गरी आउने उक्त माछा मानव स्वास्थको लागी निकै खराब हुने गरेको डाक्टरहरुले बताउने गरेका छन् ।
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया