सोमबार, वैशाख २१, २०८३

नेपाल सङ्गीत उद्योग सङ्घको कार्यालयमा मानव बेचबिखन अनुसन्धान ब्युरोद्वारा छापा

मेरोन्यूज २०८१ भदौ ५ गते २१:५१

काठमाडौं। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौँको अनामनगरस्थित नेपाल सङ्गीत उद्योग सङ्घको कार्यालयमा आज छापा मारेको छ।

Advertisement
NiccNicc

आज दिउँसो ब्यूरोको टोलीले सङ्घको कार्यालयमा छापा मारी केही कागजात तथा कम्प्युटरको ‘हाडडिक्स’ बरामद गरेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले राससलाई जानकारी दिनुभयो।

उनले भने, ‘तीनदेखि सङ्घको कार्यालय बन्द थियो, आज खुलेपछि हाम्रो टोलीले त्यहाँबाट माइनुटबुक, लेटरप्याड र कम्प्युटरको हाडडिक्स बरामद गरी ल्याएका छौँ।’ नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाका आधारमा ब्यूरोले आज छापा मारेको प्रवक्ता मिश्रले बताए।

‘नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचना पाएका छौँ’, उनले भने, ‘सोही विषयमा छानबिन गर्न आज छापा मारेर सङ्गीत उद्योग सङ्घका पदाधिकारीको रोहबरमा कागजपत्र नियन्त्रणमा लिएका छौँ।’

प्रतिक्रिया