राजकुमार र श्रद्धाकाे ‘स्त्री-२’ ले अहिलेसम्म कति कमायो ?

काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको सातौँ दिन बुधबार मात्र २० करोड ४० लाख कमाई गरेको छ ।
फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म २८९ करोड ६० लाख कमाई गरिसकेको छ ।
फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको थियो । त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो ।
त्यस्तै फिल्मले शुक्रबार ३५.३० करोड, शनिबार ४५ करोड ७० लाख, आइतबार ५८ करोड २० लाख, सोमबार ३८ करोड ९० लाख, मंगलबार २६ करोड ८० लाख कमाएको थियो ।
करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ । यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको छ ।
अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।
















दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
सुदूरपश्चिमको १५ प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया