सेयर बजारबाट साउन महिनामै उठ्यो ४ अर्ब २३ करोड रुपैयाँ पुँजीगत लाभकर

काठमाडौं । सेयर बजार उचाइमा पुग्दै नयाँ रकेर्ड बनाउँदा सरकारले पनि लाभकरमा रेकर्ड कायम राखेको छ । दैनिक २० देखि ३० अर्बको कारोबार हुन थालेपछि सेयर बजारबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर उच्च संकलन भएको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ को साउनमै पुँजी बजारका लगानीकर्ताबाट सरकारले ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन गरेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । जबकी गत वर्षभरी सरकारले सोही रकम हाराहारीमा मात्रै पुँजीगत लाभकर उठाएको थियो ।
२०८०/८१ मा सरकारले पुँजी बजारका लगानीकर्ताबाट ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो । साउनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा एकपछि अर्काे रेकर्ड कायम हुन थालेपछि पुँजीगत लाभकर पनि बढ्न पुगेको हो ।
पछिल्लो समय नेप्से परिसूचक ३ हजार बिन्दुमा पुगेको छ भने कारोबार पनि करिब ३० अर्ब रुपैयाँ हाराहारीमा हुने गरेको छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया