कुमारी बैंक र इसेवाबीच २ लाखसम्मको ‘इजी लोन’ सुविधाका लागि सम्झौता
मेरोन्यूज
२०८१ भदौ ६ गते २०:३८

काठमाडौं। कुमारी बैंक लिमिटेड र इसेवा लि. बीच इसेवाका ग्राहकहरूलाई इसेवा मोबाइल एप मार्फत ‘इजी लोन’ सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित क्षण भरमै २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्ने जनाएको छ।
पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र यो ‘इजी लोन’ सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताहरूको लागि उपलब्ध गराइने इसेवाले जनाएको छ।
इसेवा मार्फत लिइने ‘इजी लोन’ सुविधामा लागू हुने थप सर्तहरूबारे इसेवाको वेबसाइट/एप मार्फत जानकारी लिन सकिनेछ ।
सम्बन्धित
प्रतिक्रिया