शनिबार, चैत ७, २०८२

ज्योति विकास बैंकका ग्राहकहरुलाई ट्रान्क्वीलिटी स्पामा ३०% सम्मको विशेष छुट

मेरोन्यूज २०८१ भदौ ७ गते १४:१०

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित प्रचलित Tranquility Spa मा बैंकका ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले Tranquility Spa का देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ३०५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, Tranquility Wellness Card (TWC)  धारक बैंकका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४० प्रतिशत छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्ने अवसर पाउनेछन् ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया