प्रतिबन्ध खुलाउने सरकारको निर्णयपछि टिकटकले भन्यो- हामी उत्साहित छौं

काठमाडौं । टिकटकले नेपालमा लगाइएको प्रतिबन्ध खुलाउने सरकारको निर्णयको स्वागत गरेको छ।
टिकटकका प्रवक्ताले विज्ञप्ति जारी गरी प्रतिबन्ध हटाउने नेपाल सरकारको निर्णयको स्वागत गर्दै आफूहरू उत्साहित भएको बताएका हुन्।
‘यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं। नेपाली जनमानसको डिजिटल अनुभवको लागि उहाँहरूले दिनुभएको चासोलाई हामी सम्मान पनि गर्दछौं,’विज्ञप्तिमा भनिएको छ।
टिकटकको रचनात्मकता र जोशले नेपाली घरपरिवारमा आनन्दको सञ्चार गर्नुका साथै प्रतिभाशाली क्रियटर र व्यवसायहरूका लागि महत्त्वपूर्ण अवसरको ढोका खोलेको पनि विज्ञप्तिमा उल्लेख छ।
‘हामी नेपालीहरूको उन्मुक्त आवाज बन्न र सृजनशीलताको साझा मञ्चलाई निरन्तरता दिन पाउँदा उत्साहित छौं। किनकी हामीले नेपालको सफलताको कथालाई सधैंभरि समर्थन गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध शर्तसहित खोल्ने निर्णय गरेको थियो। अघिल्लो वर्ष कात्तिकमा सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।










नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
प्रतिक्रिया