सोमबार, वैशाख २१, २०८३

प्रतिबन्ध खुलाउने सरकारको निर्णयपछि टिकटकले भन्यो- हामी उत्साहित छौं

मेरोन्यूज २०८१ भदौ ७ गते १५:२५

काठमाडौं । टिकटकले नेपालमा लगाइएको प्रतिबन्ध खुलाउने सरकारको निर्णयको स्वागत गरेको छ।

Advertisement
NiccNicc

टिकटकका प्रवक्ताले विज्ञप्ति जारी गरी प्रतिबन्ध हटाउने नेपाल सरकारको निर्णयको स्वागत गर्दै आफूहरू उत्साहित भएको बताएका हुन्।

‘यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं। नेपाली जनमानसको डिजिटल अनुभवको लागि उहाँहरूले दिनुभएको चासोलाई हामी सम्मान पनि गर्दछौं,’विज्ञप्तिमा भनिएको छ।

टिकटकको रचनात्मकता र जोशले नेपाली घरपरिवारमा आनन्दको सञ्चार गर्नुका साथै प्रतिभाशाली क्रियटर र व्यवसायहरूका लागि महत्त्वपूर्ण अवसरको ढोका खोलेको पनि विज्ञप्तिमा उल्लेख छ।

‘हामी नेपालीहरूको उन्मुक्त आवाज बन्न र सृजनशीलताको साझा मञ्चलाई निरन्तरता दिन पाउँदा उत्साहित छौं। किनकी हामीले नेपालको सफलताको कथालाई सधैंभरि समर्थन गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध शर्तसहित खोल्ने निर्णय गरेको थियो। अघिल्लो वर्ष कात्तिकमा सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

प्रतिक्रिया