भिरबाट खसेको ढुंगा लागेर बस पल्टियो

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ ।
रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १:५० बजेतिर ढुंगा खसेको प्रहरीले जनाएको छ ।
यता, चितवन प्रहरीका अनुसार बस दर्घटनामा परी २५ जना यात्रुहरू घाइते भएका छन् ।
घाइते हुनेहरूमा बारा निजगढ-८का २६ वर्षीया सबिना थापा, रौतहट चपुर-८ का ४६ वर्षीय जनक नारायण चौधरी र उनका छोरा १८ वर्षीय इनद्रजित चौधरी, रौतहट गौर-२ का १७ वर्षीया सन्ध्या साह, चितवन भरतपुर महानगर-२९ बस्ने २७ वर्षीया पूजा न्यौपाने, भरतपुर-२९ कै ४८ वर्षीया मनरूपा न्यौपाने र कास्कीको पोखरा महानगर-१७ का ४० वर्षीया सावित्री थापा मगर रहेका छन् । उनीहरूको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै रौतहट कटहरिया-१ का २५ वर्षीय सिनोज दास, रौतहट मंगलपुर-८ का २० वर्षीय लालबाबु दास, रौतहटकै वृन्दावन-६का २२ वर्षीय विक्रम दास, बसका सहचालक बारा निजगढ-५ का ४३ वर्षीय अर्जुन चौलागाइ, रौतहट गरूडा-४का २० वर्षीय पवन साह र गरूडा-७ बस्ने १५ वर्षीय अनोस साह, बाराको जितपुर सिमरा-१ का २४ वर्षीया उन्नती उपाध्याय र उनका श्रीमान अनदीप धिमाल रहेका छन् । उनीहरूको अवस्था मध्यम रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी रौतहटको गढीमाई-६का ४८ वर्षीय शैलेन्द्र यादव, शैलेन्द्र यादवकी १८ वर्षीय छोरी अर्चना यादव, रौतहटको वृन्दावन- ६ बस्ने २२ वर्षीय दिनानाथ दास, रौतहटको परोहा-७ बस्ने ३४ वर्षीय मो.खैयाज, , रौतहटको वृन्दावन-६ बस्ने १७ वर्षीय नौराज कुमार साह, रौतहटको गौर-५ बस्ने ५० वर्षीय नबिन कुमार केसरी, रौतहटको वृन्दावन-६ बस्ने १८ वर्षिय अजय कुमार दास, रौतहटको गौर-९का २१ वर्षीया ढली ठाकुर र उनकी बहिना २० वर्षीया दिव्या ठाकुर सामान्उ घाइते भएकी छिन् । उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ। ढुंगा लागेर बसमा क्षति पुगेको छ। पल्टिएको बस अहिले पनि घटनास्थलमै छ । सडक भने सुचारू गराइएको छ ।
यसअघि गत असार २८ गते सोही सडकखण्डमा बसमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको थियो । सोही दिन सिमलतालमा पहिरोले २ बस बगाउँदा ६२ यात्रुको मृत्यु भएको थियो ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया