शनिबार, चैत ७, २०८२

महालक्ष्मी विकास बैंक अब अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त कम्पनी

मेरोन्यूज २०८१ भदौ ७ गते १७:५५

काठमाडौं । महालक्ष्मी विकास बैंक अब अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी बनेको छ । 

Advertisement
nepal life insurencenepal life insurence

गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम  २०८१ साल साउन ३२ गतेदेखी लागु हुने गरी बैंक प्रमाणित हुन सकेको हो । 

बैंकले ‘प्रोभिजन अफ डेभलपमेन्ट बैंकिङ एक्टिभिटी’ अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको  र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको विज्ञप्तिमा उल्लेख छ । 

अन्तराष्ट्रिय मापदण्ड अनुरुपको बलियो गुणस्तर ब्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टीलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रुपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन् ।

यस प्रमाण पत्र प्राप्तिको लागि यस बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट रोयल इम्प्याक्ट सर्टिफिकेशन लिमिटेड यूएसएद्वारा गरिएको थियो । 

देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेको बैंकले जनाएको छ ।  

प्रतिक्रिया