शुक्रबार, पुष १८, २०८२

विदेशी दबाब र प्रभावमा लादिएको व्यवस्था टिक्दैन : कमल थापा

मेरोन्यूज २०८१ भदौ ८ गते १९:२३

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा सबै अटाउन सक्ने मौलिक प्रजातान्त्रिक व्यवस्था आवश्यक भएको बताएका छन् । काठमाडौंको थानकोटमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले विदेशी प्रभाव र दबाबमा लादिएको व्यवस्था टिकाउ नहुने समेत बताए । 

गणतन्त्र,धर्मनिरपेक्षता र संघीयताको विकल्प राप्रपा नेपालसङ्ग मात्र भएको भन्दै थापाले सनातन हिन्दुराष्ट्र र राजा सहितको प्रजातन्त्रले मुलुकलाई दिगो बनाइ राख्ने बताए ।

संघीयताको स्वरुप नबदली आर्थिक रुपमा संघीयता मुलुककले धान्न नसक्ने भन्दै प्रदेश संरचना आवश्यक नभएको जिकिर गरे । भ्रष्टाचार,बेरोजगारी,धर्मपरिबर्तन र कुशासनको दलदलमा मुलुक भासिएको भन्दै अब नयाँ राष्ट्रवादी आन्दोलन मुलुकको लागि जरुरी भएको उल्लेख गरे ।

राप्रपा नेपाल उठाउने र बनाउनेमा कसैले शड्ढा नगर्न  तर निरन्तर मेहनत गर्न कार्यकर्तालाई थापाले  आग्रह गरे । कार्यक्रममा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारी , उत्तम लामा ,उज्वल पोखरेल लगायतले बोलेका थिए ।

प्रतिक्रिया