विदेशी दबाब र प्रभावमा लादिएको व्यवस्था टिक्दैन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा सबै अटाउन सक्ने मौलिक प्रजातान्त्रिक व्यवस्था आवश्यक भएको बताएका छन् । काठमाडौंको थानकोटमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले विदेशी प्रभाव र दबाबमा लादिएको व्यवस्था टिकाउ नहुने समेत बताए ।
गणतन्त्र,धर्मनिरपेक्षता र संघीयताको विकल्प राप्रपा नेपालसङ्ग मात्र भएको भन्दै थापाले सनातन हिन्दुराष्ट्र र राजा सहितको प्रजातन्त्रले मुलुकलाई दिगो बनाइ राख्ने बताए ।
संघीयताको स्वरुप नबदली आर्थिक रुपमा संघीयता मुलुककले धान्न नसक्ने भन्दै प्रदेश संरचना आवश्यक नभएको जिकिर गरे । भ्रष्टाचार,बेरोजगारी,धर्मपरिबर्तन र कुशासनको दलदलमा मुलुक भासिएको भन्दै अब नयाँ राष्ट्रवादी आन्दोलन मुलुकको लागि जरुरी भएको उल्लेख गरे ।
राप्रपा नेपाल उठाउने र बनाउनेमा कसैले शड्ढा नगर्न तर निरन्तर मेहनत गर्न कार्यकर्तालाई थापाले आग्रह गरे । कार्यक्रममा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारी , उत्तम लामा ,उज्वल पोखरेल लगायतले बोलेका थिए ।
















पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया