वैद्यको ‘भद्रगोल’ विमोचन

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण (चैतन्यले ) बरिष्ठ लेखक झपेन्द्रराज वैद्यको कृति भद्रगोलको शनिवार विमोचन गर्नु भएको छ । ब्रिष्ठ लेखक एवं प्रेस स्वतन्त्रता सेनानी वैद्यको बनस्थलिस्थित निवासमा शनिवार आयोजित एक कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष किरण र लेखक वैद्यले संयुक्तरुपमा विमोचन गर्नु भएको हो ।
सोहि कार्यक्रममा बोल्दै किरणले वैद्यको सक्रिय लेखनकलाको प्रसंसा गर्नुभयो । सोहि कार्यक्रममा सञ्चारकर्मी प्रतिवेदन वैद्य,श्रीराम पुडासैनी लगायतका वक्ताहरु नेपाली साहित्यको क्षेत्रमा वैद्यका कृतिहरुले थप योगदान दिएको चर्चा गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
बरिष्ठ लेखक वैद्यको शनिवार विमोचन गरिएको भद्रगोल (मुक्तक संग्रह) सातौं कृति हो । यस अघि मेरो पुरानो घर (खण्डकाव्य) पाँच हजारको सारी (कथा संग्रह),गीति काव्य तथा कविता सँग्रह (गीति काव्य),चम्पा (महाकाव्य), उनी फर्केर आइन (उपन्यास) प्रकाशित भइसकेका छन् । लिस्ने त्रैमासिकका सम्पादक, सुमन मासिकका कार्यकारी सम्पादक रहिसक्नु भएका वैद्य प्रेस स्वतन्त्रता सेनानी हुनुहुन्छ । प्यूठान, टारिमा जन्मनु भएका ८० वर्षिय वैद्यको निवास काठमाडौं वनस्थलिमा छ ।
















President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
Chinese Ambassador calls on Minister Pokharel
खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया