वैद्यको ‘भद्रगोल’ विमोचन

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण (चैतन्यले ) बरिष्ठ लेखक झपेन्द्रराज वैद्यको कृति भद्रगोलको शनिवार विमोचन गर्नु भएको छ । ब्रिष्ठ लेखक एवं प्रेस स्वतन्त्रता सेनानी वैद्यको बनस्थलिस्थित निवासमा शनिवार आयोजित एक कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष किरण र लेखक वैद्यले संयुक्तरुपमा विमोचन गर्नु भएको हो ।
सोहि कार्यक्रममा बोल्दै किरणले वैद्यको सक्रिय लेखनकलाको प्रसंसा गर्नुभयो । सोहि कार्यक्रममा सञ्चारकर्मी प्रतिवेदन वैद्य,श्रीराम पुडासैनी लगायतका वक्ताहरु नेपाली साहित्यको क्षेत्रमा वैद्यका कृतिहरुले थप योगदान दिएको चर्चा गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
बरिष्ठ लेखक वैद्यको शनिवार विमोचन गरिएको भद्रगोल (मुक्तक संग्रह) सातौं कृति हो । यस अघि मेरो पुरानो घर (खण्डकाव्य) पाँच हजारको सारी (कथा संग्रह),गीति काव्य तथा कविता सँग्रह (गीति काव्य),चम्पा (महाकाव्य), उनी फर्केर आइन (उपन्यास) प्रकाशित भइसकेका छन् । लिस्ने त्रैमासिकका सम्पादक, सुमन मासिकका कार्यकारी सम्पादक रहिसक्नु भएका वैद्य प्रेस स्वतन्त्रता सेनानी हुनुहुन्छ । प्यूठान, टारिमा जन्मनु भएका ८० वर्षिय वैद्यको निवास काठमाडौं वनस्थलिमा छ ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया