नागार्जुन दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौँ । नागर्जुनमा सवारीसाधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–७ स्थित बिन्दावासिनी सडकखण्डमा स्वीजरल्याण्ड पार्कबाट कलङ्कीतर्फ आउँदै गरेको प्र०१–०२५च ९२४३ नम्बरको जिपमा विपरीत दिशाबाट गइरहेको बाप्र०२–०१७प १०९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी दोलखा शैलुङ्गेश्वर नगरपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका–१३ छाउनी बस्ने २० वर्षीय सजन सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
शनिबार दुर्घटना भई गम्भीर घाइते भएका सुवेदीको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उहाँले जानकारी दिए । सो समयमा फरार रहेका गाडी चालक सुनसरी घर भई हाल काठमाडौँको नैकाप बस्ने ४३ वर्षीय जगत्बहादुर मगरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
















पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया