नागार्जुन दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौँ । नागर्जुनमा सवारीसाधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–७ स्थित बिन्दावासिनी सडकखण्डमा स्वीजरल्याण्ड पार्कबाट कलङ्कीतर्फ आउँदै गरेको प्र०१–०२५च ९२४३ नम्बरको जिपमा विपरीत दिशाबाट गइरहेको बाप्र०२–०१७प १०९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी दोलखा शैलुङ्गेश्वर नगरपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका–१३ छाउनी बस्ने २० वर्षीय सजन सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
शनिबार दुर्घटना भई गम्भीर घाइते भएका सुवेदीको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उहाँले जानकारी दिए । सो समयमा फरार रहेका गाडी चालक सुनसरी घर भई हाल काठमाडौँको नैकाप बस्ने ४३ वर्षीय जगत्बहादुर मगरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया