विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलाको तयारी सुरु

बारा । विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को तयारीलाई तिव्र पारिएको छ । बाराको महागढीमाई नगरपालिकामा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा यस बर्ष हुने मेलाको तयारीमा महागढीमाई नगरपालिकाले तिव्र गतिमा कार्य अगाडी बढाएको छ ।
नगर प्रमुख उपेन्द्र यादवका अनुसार यसपटकको मेलालाई ऐतिहासिक र अविस्मरणीय बनाउने लक्ष्यका नगरपालिकाले तयारी सुरु गरेको बताए । बरियारपुरस्थित गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने मेलालाई व्यवस्थित बनाउन विभिन्न अत्यावश्यक कार्यहरू धमाधम भइरहेका छन । मेलामा आउने श्रद्धालु भक्तजनहरूको सुविधाका लागि पार्किङ व्यवस्थापनदेखि सुरक्षासम्मको विस्तृत योजना बनाइएको छ ।
पार्किङ व्यवस्थापनको कामलाई अघि बढाउन दक्ष प्राविधिक टोली खटाइएको महागगढीमाई नगरपालिकाका नगर प्रमुख यादवले बताए । उनले भने,‘मन्दिर परिसरबाहिरको पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशामा ठूला गाडी, हलुका सवारी साधन र दुईपांग्रे सवारी साधनका लागि पार्किङ स्थलहरू छनोट गरिसकिएको छ ।
मेलाको प्रचार–प्रसार र उद्धघाटनको तयारीका लागि विभिन्न शक्तिपीठका गुरुहरू, राष्ट्र प्रमुख, मन्त्रीहरू, उद्योगपति लगायत विशिष्ट व्यक्तित्वहरूलाई निमन्त्रणा पठाउने काम सुरु भइसकेको छ ।’
यसैगरी, मेलाका लागि खानेपानी व्यवस्थापन गर्न १०० भन्दा बढी सार्वजनिक धारा धमाधम जडान गर्न थालिएको छ । यस वर्षको गढीमाई मेला आश्विन १७ गते अर्थात दशैंको घटस्थापनाको दिन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शोभायात्रा गरी भव्य रूपमा उद्घाटन गर्ने योजना मेला समितिले बनाएको छ ।











क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
झलनाथ पत्निलाई भेट्न पुगे प्रचण्ड र माधव
प्रतिक्रिया