तिव्रगतिको टाटा सुमो र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

सञ्जय मिश्रा, रौतहट । पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर स्थित टाटा सुमो र मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
चन्द्रपुर ४ स्थित राजमार्गमा धन्सार पुल छेउमा पश्चिम बाट पुर्ब जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रुबाहक टाटा सुमो र पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाईकल एक आपसमा जुध्दा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाईकलमा सवार सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१५ का ३३ बर्षिय तुलसी ओझा र मोरङ्ग जिल्ला सुन्दरहरैचा नगरपालिका–११ का बिबस सापकोटा रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन् ।
टाटा सुमोको ठक्करबाट गम्भीर घाईते दुवैजनालाई उपचारको लागि स्थानीय सिभिल अस्पतालमा उपचारका लागि लैजाँदा डाक्टरले मृत घोषणा गरेको डिएसपी राईले बताएका छन् ।
ठक्कर दिएको टाटा सुमो ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको छ । मृतक दुवैजनाको शब पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिाहपुरमा पठाईएको प्रहरीले जनाएको छ ।
सोमवार दिउँसो १ बजेर ४० मिनेटमा भएको दुर्घटना तिव्रगतिको कारण हुनसक्ने प्रहरीको अनुमान रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन् ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
प्रतिक्रिया